काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन २४ अर्ब रुपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत माघ १० गते बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन २४ अर्ब रुपैयाँले घटेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ। गत माघ ९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।
माघ १० मा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १७ अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ। गत माघ ९ गतेसम्म कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो।
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने २ अर्ब रुपैयाँले बढेको छ। गत माघ ९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ६५ अर्ब रुपैयाँ रहेकोमा माघ १० गतेसम्म बढेर ४६ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको हो।
वाणिज्यहरुको कर्जा लगानी भने माघ १० मा एकैदिन ३ अर्ब रुपैयाँले बढेको छ। गत माघ ९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा बढेर ४१ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेप घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो बढेर माघ १० मा ९०.५७ प्रतिशत पुगेको छ। माघ ९ मा औसत सीडी रेसियो ९०.११ प्रतिशत थियो।
अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19