 
                     
                                
                             
                                    – रेखा चन्द
काठमाण्डौ । सामान्तया चालु आर्थिक वर्ष सुरुभएपछि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप घट्ने गर्दछ। किनकि सरकारको ढुकुटीमा राजश्व जम्मा हुने हुँदा, आयातित वस्तुको रकम भुुक्तानी गर्दा, असारमा बाँकी रहेको रकमलाई पेमेन्ट गर्दा बैंकिङ प्रणालीको निक्षेपमा गिरावट आउने गरेको हो।
यस्तै साउनदेखि मंसिरसम्ममा नेपालीहरुको सबैभन्दा ठूलो चाडपर्व पर्ने हुनाले यी महिनाहरुमा आर्थिक गतिविधि अचाक्ली बढ्दा बैंकहरुमा रकम कम हुन्छ। त्यसैमाथि व्यवसायीहरुले साउनको अन्तिम हप्तादेखि नै चाडपर्वलाई लक्षितगरी सरसामान मगााउने हुँदा उनीहरुले बैंकबाट ठूलो रकम निकाल्ने गर्दछन्। यो बेला सबै वर्गका सर्वसाधारणले पनि अन्य समयको भन्दा खर्च गर्ने प्रवृति बढ्ने गर्दछ।
यिनै विविध कारणले बैंक तथा वित्तीय संस्थाबाट साउनमा निक्षेप घट्ने गर्दछ। तर चालु आर्थिक वर्षको साउन महिनामा भने बैंकिङ प्रणालीबाट अस्वभाविक ढंगले निक्षेप घटेको छ।
अघिल्ला दुई आर्थिक वर्षको निक्षेपको तथ्यांक हेर्दा यो वर्ष अस्वाभाविक निक्षेप घटेको पुुष्टि गर्छ। आर्थिक वर्ष २०७७–७८ को साउन महिनामा जम्मा ८ अर्ब निक्षेप बैंकिङ प्रणालीबाट बाहिरिएको थियो। आर्थिक वर्ष २०७८–८९ को साउनमा भने बढेर ७८ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट बाहिरिएको थियो। तर, चालु आर्थिक वर्षको साउनमा १ खर्ब १९ अर्ब निक्षेप बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकको अनुुसार गत आर्थिक वर्षको असार मसान्त बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ थियो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप घटेर ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको जनाएको छ। साउनको अन्तिम दिन बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ थपिएपछि कुन निक्षेप ५० खर्ब ३४ अर्ब पुुगेको छ।
विगतका वर्षमा भन्दा यो वर्षको १ महिनामै खर्ब रुपैयाँ प्रणालीबाट गायब भएपछि बैंकहरुले कृत्रिम निक्षेप बनाएकोले यस्तो अवस्था आएको हुनसक्ने अड्कलबाजी सुरु भएको छ। कतिपयले भने यो महिनामा सरकारको ढुकुटीमा पैसा जाँदा, आयातको रकम भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट सो रकम बाहिरिएको बताइरहेका छन्।
पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री सरकारले राजश्व उठाएर पनि खर्च नगरेका कारण यस्तो अवस्था आएको बताउँछन्। ‘साउनमा सरकारको खर्चभन्दा बढी आम्दानीको ग्याप ६८ अर्बको छ’, उनले भने, ‘त्यो पैसा ढुकुटीमै छ, सरकारले राजश्व उठायो तर खर्च गरेन, ९० अर्ब हाराहारी आम्दानी गरेमा जम्मा २२ अर्बमात्रै खर्च गरेको अवस्था छ।’
आयात गरेको साम्रगीको बाँकी रकम भुक्तानी गर्दा पनि बैंकमा निक्षेप घटेको क्षेत्रीको भनाइ छ। ‘आयात गरिसकेको तर भुुक्तानी गर्न बाँकी रहेकाले बाँकी रकम खर्च भएको देखिन्छ। राष्ट्र बैंकको तथ्यांकले नै झन्डै डेढ सय अर्ब तिर्नुपर्ने देखाएको थियो। त्यसैले इम्पोर्ट पेमेन्टमा पैसा गएको होला’, उनले भने।
पूर्वबैंकर एवं नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल असारमा राम्रो पफर्मेन्स देखाउनका लागि कतिपय बैंकका शाखा प्रमुखले निक्षेप र कर्जा दुवै बढीबढी राख्ने हुनाले त्यसको असर साउनमा देखिएको बताउँछन्। ‘कतिपय बैंकमा शाखा प्रबन्धकले असार मसान्तमा आफ्नो वित्तीय पफमेन्ट राम्रो देखाउन निक्षेप पनि बढी राख्छन् र कर्जा पनि बढी राख्छन्’, उनले भने, ‘त्यसैले साउनमा आएर त्यसको असर देखिएको छ।’
दाहालले नेपाल आयल निगमले भुक्तानी गर्न बाँकी रहेको रकम भुुक्तानी गरेको र सरकारी कोषमा पनि रकम जाँदा बैंकको निक्षेप घटेको हुनसक्ने बताए। ‘आयल निगमको जुन भुुक्तानी गर्न बाँकी रकममा केही भुक्तानी भयो, सरकारी कोषमा पनि रकम गएको हुँदा निक्षेप घटेको देखिन्छ’, उनले भने, ‘बैंकहरुले अन्तरबैंक सापटी लिएर त्यसलाई निक्षेप देखाएको हुनसक्छ।’
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बैंकिङ प्रणालीबाट घटेको निक्षेपको ठूलो हिस्सा आयातको फाइनान्सिङमा गएको हुनसक्ने बताउँछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19