काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको आज बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते डोकेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत हुने बैंकले जनाएको छ।
सभाले बैंकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशत हुन आउने २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
साधारणभा र लाभांश प्रयोजनका लागि बैंकले यही कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19