काठमाण्डौ । एकभन्दा बढी बैंक खाताहरू खोल्ने क्रम आजभोलि बृद्धि भइरहेको छ ।

कतिपयले आवश्यकता अनुसार एकभन्दा बढी बैंक खाता खोलेका हुन्छन् भने कसैले त मनलाग्दी रुपमा बैंकमा धेरै खाताहरू खोलिरहेका हुन्छन् । तर हामीले समयमै यसको फाइदा र बेफाइदा बारे ध्यान दिएका हुँदैनौं । हुन त अहिलेको समयमा बैंक खाता नहुने व्यक्ति सायदै होलान् ।

हामीले अक्सर गरेर धेरै बैंक खाता खोल्दा घाटा पनि व्यहोरिरहेका हुन्छौं । नेपालमा मात्र होइन विश्वमै बैंक मर्जर हुने क्रम बढीरहेको  छ। यसले गर्दा बैंक घट्दै जान्छन् ।  एटीएमको संख्या पनि घटिरहेको छ, बैंक ठगीका घटना त बढीनै रहेका छन् । यस्तो अवस्थामा सुरक्षित कारोबार आम सर्वसाधारणका लागि चुनौती बन्दै गएको छ ।

डिजिटल स्क्याम बढीरहेको सन्दर्भमा एउटा मात्रै बैंक खाता राख्ने कि एकभन्दा बढी राख्ने भन्ने प्रश्नले सर्वसाधारण कहिले काँही पिरोलिने गरेका छन् । हुन त दुई बैंक खाता राख्ने कि दुईभन्दा बढी राख्ने भन्ने प्रश्न पनि उठ्न सक्छ । आजको यो वित्तीय सचेतना श्रृंखलामा बैंक खाता एक वा धेरै भन्ने बारेमा प्रष्ट्याउन खोजिएको छ ।

एकल खातामा फाइदा र खतराहरू दुबै 
आजभोलि सबैजसो बैंकहरुले निशुल्क रुपमा खाता खोलिदिने गरेका छन । सबै वित्तीय लेनदेनहरू बैंक खाताबाट हुनु धेरै राम्रो हो । कुन बैंकमा कति बचत छ भन्ने कुरा कहिलेकाँही थाहा नहुन पनि सक्दछ । एउटा बैंक खाताले आम्दानी अनुसार बजेट बनाउन र वित्तीय योजनाहरू बनाउन सहयोग गर्दछ ।

एक व्यक्तिले एउटा बैंकमा मात्र खाता खोले पुग्ने कतिपय बैंकर बताउँछन् । उनीहरुका अनुसार खाता खोलेपछि मोबाइल बैंकिङ, चेक, एटीएम कार्ड लिनुपर्ने हुन्छ । धेरैवटा बैंकमा खाता खोल्दा यी कुराको थप पैसा तिर्नुपर्छ । 

यसबाहेक, लेनदेन अनुगमनमा चुक्ने जोखिम पनि कम छ। धेरै लगइन विवरणहरू सम्झन आवश्यक पनि पर्दैन। बैंक खाता राख्ने लागत पनि सीमित छ। वास्तवमा, धेरै बैंकहरूले यी खर्चहरू चार्ज गर्दैनन् यदि लेनदेन पर्याप्त छैन भने।तर धेरैवटा बैंक खातालाई व्यवस्थापन गरेर राखिरहन भने झन्झट हुन सक्छ ।

एउटा बैंक खाता हुँदा पनि बेफाइदा
बैंक खाता हुनुका धेरै बेफाइदाहरू छन्, यदि कुनै कारणले हामीले बैंकको प्रमाणपत्र बिर्सियौं वा पासवर्ड लेख्ने प्रयास गर्दा संयोगवश तीन पटकभन्दा बढी प्रयास गरेमा कारोबार रोकिन्छ। तीनभन्दा बढी पटक यसो गरियो भने त बैंकहरूले तपाईंको खातामा प्रतिबन्ध लगाउँछन्। यसपछि खातामा रकम आउँदैन । त्यसपछि धेरै गाह्रो हुन्छ। यदि एउटा खाता पनि ऋणमा जोडिएको र ऋणको किस्ता तिर्न नसकिएमा एकमात्र खाताबाट अरु कारोबार गर्न गाह्रो हुन्छ । 

बैंक खाता उद्देश्यपूर्ण हुनुपर्छ
कतिपय व्यक्तिहरु बहुखाता अर्थात् एकभन्दा बढी खाताहरू चाहिने बताउँछन् । भारतका चर्चित अर्थविद् तथा बजार विज्ञ सीए सचिन अग्रवालले कम्तीमा दुईवटा खाता राख्न सुझाव दिन्छन् । जीवनभर बचत हुने खालको खाता हुनुपर्ने उनको भनाइ छ । दोस्रो खाता क्रेडिट कार्ड, मोवाइल बैंकिङ आदि जस्ता विभिन्न प्रकारको लेनदेनको लागि हुनुपर्छ।

यसबाट तपाईले आफ्नो पैसा सुरक्षित राख्न सक्नुहुन्छ र दैनिक जीवनमा कम जोखिममा लेनदेन गर्न सक्नुहुन्छ। उनले एकभन्दा बढी खाता हुनुपर्ने वकालत गर्दै भनेका छन्, ‘सीमाभित्र हुनुपर्छ र उद्देश्यमूलक हुनुपर्छ ।

बिलिङ, बचत, लगानी, र विवेकी खर्चको लागि बहुखाताहरू प्रयोग गर्न सजिलो छ। यसबाट वित्तीय व्यवस्थापन सहज हुन्छ । लक्ष्यमा आधारित बचतलाई पनि प्रोत्साहन गरिन्छ।

डबल खाता राम्रो विकल्प
एउटा बैंक खातामा कुनै समस्या छ भने हामीले प्राय: अर्को बैंक खाताबाट समाधान खोज्ने गछौं । र यो स्वभाविक पनि हो । तपाईले त्यो बैंकसँग जोडिएको खाता प्रयोग गर्न सक्नुहुन्छ जसबाट धरै बढी ब्याज पाइन्छ। यसले आम्दानी बढाउन मद्दत गर्छ।   बचत गर्ने, तलब आउने, लगानी गर्ने छुट्टाछुट्टै खाता हुँदा हिसाबकिताबका लागि सजिलो पनि हुन सक्छ ।

धेरै रकम दुई वा दुईभन्दा बढी बैंकमा राख्दा जोखिम कम हुने सम्भावना हुन्छ । व्यापार र व्यक्तिगत खाताहरू पनि अलग अलग खोल्न सक्छौं। एकभन्दा बढी खाता भएमा ठगी हुने अवस्था भने हुँदैन ।कर व्यवस्थापनमा पनि सहजता मिल्छ ।

धेरै खाताहरु हुँदा के छन् समस्या ?
एकभन्दा बढी खाता हुँदा समस्या आउँछ नै । थप खाताहरू व्यवस्थापन गर्न गाह्रो पनि छ। बचत, लगानी, लेनदेन, बिलिङ आदि भुक्तानीहरू संधैभरि सम्झना हुँदैन। धेरै खाता भएकाले अनावश्यक शुल्क तिरिरहनु पर्दछ । खातावाला ज्येष्ठ नागरिक भए त झनै कठिनाइ हुन्छ । उनीहरूले आफ्नो खाता सम्झन पनि सक्दैनन् । धेरै पटक बिर्सन्छन् । कहिले खाता नम्वर याद हुँदैन त कहिले हस्ताक्षर पनि मिल्दैन  ।यदि तपाइँसँग एकभन्दा बढी शहरहरूमा खाता छ भने झन कठिनाई हुने नै भयो।

एकभन्दा बढी खाता भए कार्ड र त्यससँग सम्बन्धित कारोबारको ट्रयाक राख्न गाह्रो हुन्छ र त्यसको परिणाम भोग्नुपर्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने त देशको जनसंख्याभन्दा बढी बैंक खाताको संख्या छ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या भने ३ करोड ९४ लाख १२ हजार (निक्षेप र कर्जा खाता) छ ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै बैंक खाता बागमती प्रदेशमा छ भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा बैंक खाता खुलेको छ।एकल खाता हुने वा बहुखाता हुनेको हकमा २० वर्षसम्म सम्पर्कविहीन हुनेको रकम नेपाल राष्ट्र बैंकको कोषमा जम्मा हुने प्रावधान पनि  छ। 

यदि हामीले एक खाता वा एकभन्दा बढी खाताको प्रश्नलाई दुई खाता वा दुईभन्दा बढी खाता कुन ठिक हो भन्ने प्रश्नमा हामी मध्यमार्गी सुझाव दिन्छौं। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेटबाट कारोबार बढ्दै जाँदा झन् बैंक खाताको महत्व बढेको छ ।

एउटै खाताबाट हुने समस्याहरूबाट बच्न र धेरै खाताहरू भएका समस्याहरूको सामना गर्न महत्त्वपूर्ण छ। यस्तो अवस्थामा दुई वटा खाता राख्नु फाइदाजनक हुन्छ ।

एउटा व्यवसायसँग सम्बन्धित हुनुपर्छ र अर्को व्यक्तिगत। वा, एउटा खाता बचतमा र अर्को खाता खर्च वा लगानीमा प्रयोग गर्न सक्दछौं । एउटा मात्रै खाता छ भने दिनहुँको कारोबार विवरण हेर्न, आम्दानी र खर्च केलाउन सहज हुन्छ भने फरक सुविधाको प्रयोग गर्न बहुखाता पनि उपयोगी नै हुन्छ।

एकल वा धेरै खाताहरूको सट्टा दुई खाताहरू राख्ने विकल्प धेरै सुरक्षित, उपयोगी र लाभदायक हुन सक्छ। -एजेन्सीहरुको सहयोगमा