काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा दिनभर उच्च उत्तारचढाव रह्यो । 

कारोबारको पहिलो प्रहरमा करिब २२ अंक बढेको बजार अन्त्यमा २१ अंकले घटेर बन्द भयो । दिनभरको कारोबारमा  यो दिन बजार ५० अंकले उत्तारचढाव भयो । यो दिन ७ अर्ब ११करोड रुपैयाँको कारोबार भएको छ ।

बोलिङगर ब्यान्ड मार्फत् आजको बजारलाई आवरली बेसमा हेर्दा यो दिन कारोबारको अन्तिम समयमा मूल्य रेखाले मध्य ब्यान्ड छोडेको छ । योसँगै अन्तिम समयमा करिब साढे २ अर्ब रुपैयाँले कारोबार बढेको छ ।

यसको अर्थ अन्तिम समयमा बिक्री दवाव परेको भन्ने हो । म्याक्डीमार्फत् हेर्दा यसअघिको कारोबारमा नै वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् ।

आरएसआई ८५ को ओभर बट जोनबाट खसेर ५३ को  तहमा आइपुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा यो दिन बजारमा बिक्री दबाब परेको देखिन्छ ।

यो दिन मध्य ब्यान्डबाट तल खसेको बजार तल्लो ब्यान्ड २ हजार ४२ विन्दुसम्म आउन सक्छ ।

पिभटमार्फत् बजारलाई नियाल्दा यो दिन २ हजार ८८ विन्दुमा बन्द भएको बजार पिभट् प्वइन्ट २ हजार ७१  मा बलियो सपोर्ट लिन सक्छ । यदि त्यहाँबाट तल खसेमा भने २ हजार ६०, १ हजार ९८८ मा सपोर्ट लिन सक्छ ।

बढेमा भने २ हजार १५०,२ हजार १९२ र २हजार २७५ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)