 
                     
                                
                             
                                    काठमाण्डौ । सहकारी विभागले भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारी संघसंस्थालाई निर्देशन दिएको छ।
विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो। ‘वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा जोड दिँदै सहकारी संघसंस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउनुपर्नेछ’, निर्देशनमा भनिएको छ।
सहकारी संघसंस्थाले आफ्ना सदस्यसँग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरुको विश्वास आर्जनमा केन्द्रित हुन पनि विभागले निर्देशन दिएको छ।
ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका तथा गत आर्थिक वर्षमा कर्जा पुनरतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी सांवालाई ३ महिनाको अवधिका लागिमात्र पुनरतालिकीकरणको व्यवस्था गर्न सकिने विभागले जनाएको छ। ‘कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघसंस्थाले कृषि उत्पादन वृद्धि, सामूहिक खेती प्रवर्द्धन, सदस्यहरुको उत्पादनको वजारीकरण गरी सदस्यहरुलाई कृषिको व्यावसायीकरण गर्न प्रेरित गर्नुपर्ने’, विभागले निर्देशन दिएको छ।
चालु आर्थिक वर्ष २०७९–८० को ब्याज २०८० साउन १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आर्थिक वर्षको आयका रुपमा गणना गर्ने छुट सुविधा प्रदान गरिने विभागले जनाएको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19