 
                     
                                
                             
                                    काठमाण्डौ । ट्याक्सी चालकको जीवन सजिलो हुँदैन। उनीहरु घन्टौँसम्म यात्रुले यात्रा गर्नुपर्ने हुन्छ। यहाँसम्म कतिपय अवस्थामा घन्टौँसम्म यात्रुको प्रतीक्षामा सडकको किनारमा ट्याक्सी रोकेर बस्नुपर्छ।
यसरी यात्रुको प्रतीक्षामा बस्नुलाई ट्याक्सी चालकहरुले ब्रेक टाइमका रुपमा लिन्छन्। यही ब्रेक टाइमका एक चालकको भाग्य चम्किएको छ।
यो घटना हो, अमेरिकाको । अमेरिकामा यसरी यात्रुको प्रतीक्षामा बसेका ट्याक्सी चालकले एउटा चिठ्ठा किने अनि बने लखपति।
मेरील्यान्डका ६९ वर्षका एक ट्याक्सी चालकले आफ्नो ब्रेक टाइम १० डलरको चिठ्ठा किनेका थिए। सोही चिठ्ठामा उनले १ लाख डलर अर्थात झन्डै १ करोड १९ लाख रुपैयाँबराबर जित्न सफल भएका छन्।
ती व्यक्तिले ५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए। उनले यो रकमले आफ्नो घरपरिवारको जीवनस्तर सुधार्न लगाउने बताएका छन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19