काठमाण्डौ । भारतीय सेयर बजार आउँदो वर्ष ३७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। 

भारतीय रिजर्भ बैंक (आरबीआई) को प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। सन् २०२४ मा सेन्सेक्समा अधिकतम ३७ प्रतिशतको उछाल वा ३३ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रतिवेदनमा अनुमान गरिएको छ। यो अवधिमा भारतमा पर्सनल लोनमा ४ प्रतिशतको बढोत्तरी हुन सक्ने अनुमान गरिएको छ। 

आरबीआईले आउँदो वर्ष भारतमा महँगी १.३५ प्रतिशत र कमाई ३.१५ प्रतिशतको दरले बढ्न सक्ने पनि जनाएको छ। अर्थात महँगीको तुलनामा कमाइ लगभग साढे दुई गुणाले बढ्ने अनुमान गरिएको छ। 

भारतमा निजी खर्च पनि आसैतमा १.८७ प्रतिशतले बढ्ने आरबीआईको प्रतिवेदनमा उल्लेख छ। 

आरबीआईका अनुसार जब ब्याजदर बढ्छ तब निजी खर्चमा गिरावट आउँछ। तर, त्यही अनुपातमा जब ब्याजदर कम हुन्छ तब निजी खर्चमा बढोत्तरी नहुने आरबीआईले जनाएको छ। 

सन् २०१२–१३ देखि २०१९–२०बीच भारतको जीडीपी ग्रोथमा निजी खर्च वा खपतको हिस्सेदारी ५९ प्रतिशत रहेको आरबीआईको प्रतिवेदनले देखाएको छ। 

चाडपर्वको सिजन र आगामी चुनावलाई ध्यानमा राख्दै भारतको जीडीपी ग्रोथ रेट ६.८ प्रतिशत रहने अनुमान गरिएको छ। –एजेन्सी