काठमाण्डौ । एनआइसी एशिया बैंकले भोजपुरमा नयाँ शाखा स्थापना गरी शुक्रबारदेखि बैकिङ सेवा सुरु गरेको छ । 

भोजपुर नगरपालिका वडानम्बर ७ स्थित चेंग्वेनी चौकमा स्थापित भोजपुर शाखाको एक समारोहका बीच नगरपालिकाका मेयर कैलाशकुमार आलेले उद्घाटन गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । भोजपुर शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।