काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीले मंसिरका लागि ब्याजदर स्थिर राखेका छन्।
रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले मंसिरका लागि ब्याजदर स्थिर राखेर प्रकाशित गरेका हुन्। यी दुवै फाइनान्सले कात्तिक महिनाकै मुुद्दति निक्षेपको अधिकतम ब्याजदर मंसिरमा निरन्तरता दिएका छन्।
रिलायन्स फाइनान्सले कात्तिकमा ३ वर्ष र सोभन्दा माथि अवधिको व्यक्तिगत मुद्दति निक्षेपतर्फ ११.२५ प्रतिशत र संस्थागततर्फ ९.२५० प्रतिशत ब्याजदर दिएको थियो। सोही ब्याजदरलाई कम्पनीले मंसिरमा पनि निन्तरता दिने भएको छ।
रिलायन्सले कात्तिकका लागि लागू भएको बचतको ब्याजदर अधिकतम ८.५० प्रतिशत र कल निक्षेपको ३.७५ प्रतिशतलाई मंसिरमा पनि निरन्तरता दिएको छ।
यसैगरी प्रोग्रेसिभ फाइनान्सले पनि कात्तिकमा ३ वर्ष र सोभन्दा माथि अवधिको व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ११.५० प्रतिशत र संस्थागततर्फ ९.५० प्रतिशत ब्याज दिएको थियो। सोही ब्याजदरलाई कम्पनीले मंसिरमा निरन्तरता दिने भएको छ।
प्रोग्रेसिभले बचतमा अधिकतम ९.२५ प्रतिशत र कल निक्षेपमा ३.६ प्रतिशत ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिने भएको छ।
यी दुई फाइनान्सले ब्याजदर स्थिर राखेसँगै अन्य फाइनान्स कम्पनीले ब्याजदर घटबढ नगर्ने सम्भावना रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19