-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । तिहार तथा छठ पर्वको विदाको कारण बन्द रहेको बजार अव मंसिर ४ गते सोमबारबाट मात्रै खुल्ने छ ।

चाडपर्व  मनाउन मोफसलमा गएका व्यक्तिहरु राजधानी काठमाण्डौ फर्कने क्रम पनि जारी रहेको छ । करिब २७ महिनादेखि ओरालो यात्रामा रहेको सेयर बजार तिहार अगाडी  १ हजार ८५२ विन्दुमा बन्द भएको छ ।

बजारलाई प्रभाव पार्ने मूख्य तत्व भनेको ब्याजदर नै हो । कात्तिक महिनादेखि घट्न सुरु गरेको ब्याजदरले मंसिरमा पनि निरन्तरता पाएको छ । यस हिसाबले ब्याजदर घट्दो रहेको छ । मंसिरमा पनि अधिकांस बैंकहरुले ब्याजदर घटाएका छन् । 

सेयर बजारको  विषयमा २०–२५ वर्षको अनुभव संगालेका सुवासचन्द्र भट्टराई भन्छन्, म बजारबाट सकिएर फेरि उठेको मान्छे हुँ । लामो अनुभवको आधारमा मैले लगानीकर्ताहरुलाई सचेत गराउँदै पनि आएको छु । बजार बढ्नलाई नीतिमा नै फेर बदल हुनुपर्छ । अव गभर्नरले नीतिमा परिमार्जन पक्कै गर्छन् किनकि उनको कार्यकाल लामो समय छैन । जाने बेलामा सवैले जश लिएर नै जान चाहन्छन् । अहिले ऋण खाने क्षमता भए पनि मानिसहरु  डराएका छन् । 
यद्यपि ब्याजदर घट्दै जाँदा र नयाँ स्टक एक्सचेन्ज पनि आउँदा अब बजारले लय समात्ने भट्टराई बताउँछन् । उनको विचारमा बजर बढे पनि अहिलेनै पहिलेको रेकर्ड नतोड्ने र बजार २ हजा
२०० सम्म मात्रै रहने उनको अनुमान छ ।

उता, प्राविधिक विश्लेषक अजय सिहं थापा ( जयसम्भु ) बजार १ हजार ८०० भन्दा माथि गएर करेक्सन भएको बताउँछन् ।

उनी भन्छन्, ‘किनकि बजार १ हजार ८००बाट तल गएको छैन । अव विस्तारै तीन भित्रको १,२,३ बनाउने हो । मंसिरमा पनि ब्याजदर घटेको छ । संस्थागत लगानीकर्ताहरुले आठ प्रतिशतमा पैसा राख्नुको कुनै अर्थ  छैन । नेपाल धितोपत्रबोर्डले पनि पहल गरेको छ । अरु क्षेत्रमा लोन जाने ठाँउ छैन । मार्केट बटममा नै रहेको छ । रिटेल इन्भेष्टर बजार बढे पछि मात्रै आउने गर्छन् । यसकारण बजार अव २–३ सय अंक सुधार हुने म देख्छु । त्यसपछि भने बजार साइडवेज जान पनि सक्छ ।’ 

सामाजिक अभियन्ता दुर्गा प्रसाईंको काठमाण्डौमा हुने भनिएको आन्दोलन कस्तो हुन्छ त्यो भने नियाल्नु पर्ने उनको मत छ । तरलता फालाफाल र सीडी रेसियो निकै घटेकोले बजार अबमाथि नै जाने उनको विचार रहेको छ ।