काठमाण्डौ । महालक्ष्मी विकास बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, मणिग्राममा आफ्नो सेवा संचालनमा ल्याएको छ ।

रुपन्देहीकै बुटवल उपमहानगरपालिका ४टाफिक चौकमा रहेको शाखा मणिग्राममा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । 

बैंकले स्थानीय स्तरमा  उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्तापुँजी भएको महालक्ष्मी विकास बैँक लिमीटेडले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।