काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेको चार्टमा बुलिस मारुबुजु क्यान्डल बनेको छ ।

यसको अर्थ बजारमा खरिदकर्ता सक्रिय रुपमा हावी छन् भन्ने हो । यो दिन नेप्से उच्च अंकको बृद्धि भएकाले यस्तो क्यान्डल बनेको हो । बजारमा यो दिन कारोबार र भोलुमले पनि साथ दिएको छ ।

यो दिन सेयरबजार ४५.९८ अंकले बढेर २ हजार १०६.४८ को विन्दुमा बन्द भएको छ ।आज ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँबराबरको कारोबार भएको छ । 


बुलिस यात्रा हुँदा बजार बढ्दा भोलुम बढ्नु स्वभाविक पनि हो ।तर अघिल्लो दिनको भन्दा बजारमा कारोबार करिब ८८ करोड रुपैयाँले कमि आएको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट हेर्दा बुलिस देखिन्छ । सुपर ट्रेन्डमा हेर्दा मंसिर २४ गते  बनेको बुलिस क्रस भ्यालिड नै छ ।

आरएसआईबाट हेर्दा भने बजार ओभर बट जोनमा छ । हाल ७९ को तहमा रहेको यस्तो विन्दु यसअघि ८० को आसपासबाट केहि करेक्सन भएको देखिन्छ । सेक्टरवाइज हेर्दा अबको एक दुई दिनको कारोबारबाट बजारमा सामान्य करेक्सन आउन सक्ने देखिन्छ ।

बजारको पछिल्लो पटकको न्युन विन्दु १ हजार ८३४ बाट करिब २७५ अंकले बढोत्तरी आएको कारण बजारमा सामान्य करेक्सन नहोला भन्न सकिदैन ।

मनीफ्लो इन्डेक्स पनि आज ८० को ओभर बट जोनमा पुगेको देखिन्छ । यस हिसावले पनि बजारमा सामन्य करेक्सन आउन सक्ने सम्भाबना अधिक छ । किनकि मनीफ्लोमा ९० भन्दा माथिको तह ओभर बट जोन रहेको मानिन्छ ।

पिभट् मार्फत् हेर्दा अबको नजिकको प्रतिरोध २ हजार ११०,२ हजार १५० र २ हजार २०३ मा रहेको  छ । त्यसैगरि, सपोर्टका विन्दुहरु २ हजार ५२,२ हजार र १ हजार ९६० मा रहेका छन् । 
 (नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस होइन ।)