काठमाण्डौ । विश्वव्यापी रुपमा आर्थिक मन्दीको चिन्ता दिनप्रतिदिन बढ्दै गइरहेको छ।
सम्भावित विश्वव्यापी मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्यप्रति ब्यारेल ९१.५१ डलर रहेको छ। यो एक साताअघिको मूल्यभन्दा ६ प्रतिशतले कम हो। गत अगस्ट १० मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४० डलर थियो। तर, गत बिहीबार बिहान ब्रेन्ट क्रुडको भाउमा सामान्य वृद्धि भएको थियो र प्रति ब्यारेल ९३.६८ डलरमा कारोबार भएको थियो।
चीन संसारमा सबैभन्दा ठूलो कच्चा आयात गर्ने देश हो। चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण इन्धनको मागमा ठूलो गिरावट आउन सक्ने देखिएको छ। यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको मूल्यमा पर्न सक्छ। अर्थात् इन्धनको माग घट्दा भाउमा अझै गिरावट आउन सक्छ।
चिनियाँ अर्थतन्त्र यतिबेला निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ। कडा कोभिड प्रतिबन्धका कारण चिनियाँ अर्थतन्त्रको रिकभरी नराम्ररी प्रभावित भएको हो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19