काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४ करोड ९८ लाखमा सीमित खूद नाफालाई १५८.२० प्रतिशतले वृद्धि गरी यो वर्ष १२ करोड ८७ लाखको उचाईमा पुर्याएको हो । 

व्यवसाय बिस्तारमा राम्रो प्रगति भएका कारण खूद ब्याज आम्दानी ८ करोड ९० लाखबाट वृद्धि भई ३० करोड ९८ लाखको उचाईमा पुुगेको छ । 

दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी १ अर्ब १५ करोड छ भने जगेडा कोषमा ७० करोड २७ लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकले ११ अर्ब ७८ करोड निक्षेप संकलन गरी ९ अर्ब ८८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ५८ करोड निक्षेप संकलन गरी २ अर्ब ८० करोड कर्जा परिचालन भएको थियो । 

महालक्ष्मी विकास बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २२ रुपैयाँ २६ पैसा रहेको छ । सिद्धार्थ फाइनान्स, मालिका विकास बैंक र महालक्ष्मी फाइनान्सबीच मर्जर भएर हालै महालक्ष्मी विकास बैंकको जन्म भएको हो ।