काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश वितरणको प्रमुख अजेन्डासहित महालक्ष्मी विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले कात्तिक २९ गते शुक्रबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको मीनभवनस्थित अल इन वा मार्ट क्राउन बेङ्क्वेटमा हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरेको चुक्तपुँजीको ८ प्रतिशतले हुन आउने बोनस सेयर र ९.८९ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांश करसहित) को विशेष अजेन्डा अनुमोदन गर्ने छ ।
त्यस्तै बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्त गर्ने वा आपसमा गाभ्ने प्रयोजनाका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्ने मुख्य अजेन्डा पनि पारित गर्ने छ । त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा प्राप्ति र गाभ्ने प्रक्रियासँग सम्बन्धि अन्य आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
बैंकले राष्ट्र बैंकको गत असोज २ गतेको स्वीकृत पत्रबमोजिम सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५२.४९ र सर्वसाधारण समूहको ४७.५१ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंको संस्थापक सेयरधनीको स्वामित्व ५३.९८ र सर्वसाधारण सेयरधनीको स्वामित्व ४६.२ प्रतिशत रहेको छ ।
यसैगरी सभाले बैंकको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago