काठमाण्डौ । अर्थतन्त्रका प्रमुख वित्तीय तथा आर्थिक सूचकहरुमा सुधार देखिन थालेको छ । 

नेपाल राष्ट्रबैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको चार महिना(कात्तिक)सम्मको वित्तीय तथा आर्थिक अवस्थाको रिपोर्टकार्डले यस्तो देखाएको हो । 

पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको प्रभाव मुद्रास्फितिमा देखिएको छ भने राष्ट्रबैंकले लिएको नीतिका कारण विदेशी मुद्रा सञ्चिती निरन्तर बढिरहेको छ । 

असोज महिनासम्म ७.५० प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति कात्र्तिकमा घटेर ५.३८ प्रतिशत(वार्षिक विन्दूगत आधारमा)मा झरेको छ । अघिल्लो वर्षको कात्र्तिकमा उपभोक्ता मुद्रास्फिति ८.०८ प्रतिशत थियो । 

आयात पनि गत वर्षको कात्र्तिकको तुलनामा घटेको देखिएको छभने निर्यातको अवस्था पनि उस्तै छ । 

अघिल्लो वर्षको कात्तिकसमममा ४७७.९२ अर्ब रहेको व्यापार घाटा केही कम भई ४६१.९४ अर्ब रहेको छ । असोजसम्म भने यस्तो घाटा ३६६.८८ अर्ब मात्र थियो । 

असोजसम्ममा ३६५.३४ अर्ब रेमिटान्स भित्रिएकोमा त्यो बढेर कात्तिकसम्म ४७७.९६ अर्ब पुगेको छ । अघिल्लो वर्षको कात्तिकसम्म भने ३७८.०४ अर्ब मात्र रेमिटान्स भित्रिएको थियो। 

शोधानान्तर बचत समेत निरन्तर बढिरहेको देखिएको छ । असोजसम्म ९९.०७ अर्ब रहेको बचत बढेर कात्र्तिकसम्म १७४.११ अर्ब पुगेको छ । अघिल्लो कात्तिकमा भने २०.३ अर्बले मात्र शोधानान्तर स्थिति बचतमा थियो । 

असोजसम्म १६४३.०९ अर्ब बराबरको विदेशी विनियम सञ्चिती रहेकोमा बढेर कात्तिकसम्ममा १६९६.७८ अर्ब पुगेको छ । अघिल्लो कात्तिकसम्म १२४६.२७ अर्ब मात्रै विदेशी विनिमय सञ्चिती थियो । 

सरकारले बिस्तारै खर्च गर्ने रफ्तारलाई बढाउँदै लगेको तथ्यांकबाट प्रतित हुन्छ । 

असोजमा निक्षेपको औसत ब्याजदर ७.९० प्रतिशत रहेकोमा कात्तिकमा ७.७६ प्रतिशत भएको छ । अघिल्लो कात्तिकमा ८.३२ प्रतिशत थियो । 

त्यस्तै, कर्जाको औसत ब्याजदर असोजमा १२.११ प्रतिशत रहेकोमा कात्तिककमा ११.९६ प्रतिशत तथा अघिल्लो वर्षको कात्तिकमा १२.६५ प्रतिशत थियो । 

असोजमा १४.९ प्रतिशत रहेको निक्षेपको वृद्धिदर कात्तिकमा घटेर १४.३ प्रतिशत तथा ४.८ प्रतिशत रहेको कर्जाको वृद्धिदर घटेर ४.४ प्रतिशतमा सीमित बन्न पुगेको छ । अघिल्लो कात्तिकमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र कर्जाको वृद्धिदर ५.४ प्रतिशत थियो । 

आन्तरिक कर्जाको वृद्धिदर ८.८ प्रतिशत रहेको छ । जुन असोजमा ८.९ प्रतिशत तथा अघिल्लो कात्तिकमा १०.५ प्रतिशत थियो । 

ब्याजदर पनि बिस्तारै घट्दै गएको रिपोर्ट कार्डले देखाउँछ । जसअनुसार ९१ दिने टेजरी बिलको ब्याजदर कात्तिकमा ४.३९ प्रतिशत कायम भएको छ । असोजमा ४.९४ प्रतिशत तथा अघिल्लो कात्तिकमा १०.८८ प्रतिशत थियो । 

अन्तर बैंक ब्याजदर असोजमा २.२६ प्रतिशत रहेकोमा बढेर कात्तिकमा ३.४७ प्रतिशत कायम भएको छ । यस्तो ब्याजदर अघिल्लो कात्तिकमा भने ४.९६ प्रतिशत थियो । 

आधार दर असोजमा ९.९४ प्रतिशत रहेकोमा कात्तिकमा केही घटी ९.७४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको कात्तिकको औसत आधारदर १०.६० प्रतिशत थियो  ।

कात्तिकसम्म सरकारले २७६.६४ अर्ब राजश्व परिचालन गरेको देखिएको छ । असोजसम्म २१९.१२ अर्ब राजश्व परिचालन गरेको थियो । अघिल्लो वर्षको कात्तिकसम्म भने २६८.०७ अर्ब राजश्व उठाएको थियो । 

मुख्य सूचकहरुमा देखिएको घटबढलाई टेबलमा देखाइएको छः