 
                     
                                
                             
                                    काठमाण्डौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले महाप्रसाद अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न माग गरेको छ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई तत्काल गभर्नर पदबाट बर्खास्त गर्न माग गरेकी हुन्। कानुनविपरीत दलीय जिम्मेवारी लिएकोले अधिकारी गभर्नर पदबाट बर्खास्त गर्नुपर्ने अखिल क्रान्तिकारीको ठहर छ।
विज्ञप्तिमा राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा (क) मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी भएमा नियुक्त हुन अयोग्य हुने व्यवस्था छ। अधिकारीले प्राप्त गरेको दलीय जिम्मेवारीले यो व्यवस्थाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तत्काल बर्खास्त गर्न नेपाल सरकारसमक्ष हामी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा गभर्नर अधिकारीको सेयर कारोबारमा अवैध संलग्नता र क्रिप्टोकरेन्सीलगायत प्रकरणमा उनको छवि विवादास्पद देखिएको पनि आरोप लगाइएको छ। ‘राष्ट्र बैंकको गभर्नर नेपाल सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व हो। सरकारको वित्तीय नीतिलाई सफल बनाउने गरी मौद्रिक नीति निर्माण गर्ने र वित्तीय क्षेत्रको नेतृत्व गर्नुपर्ने नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर विगतदेखि नै विभिन्न सेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टो करेन्सीलगायत प्रकरणमा विवादास्पद बनेका थिए, विज्ञप्तिमा भनिएको छ, ‘उनले हालैमात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यका रूपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ।’
अधिाकरीलाई गभर्नर पदबाट तत्काल बर्खास्त नगरिए आन्दोलन गर्ने चेतावनी पनि अखिल क्रान्तिकारीले दिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19