Mahalaxmi Bikash Bank
काठमाण्डौ । शुक्रबार तीन वाणिज्य बैंक, केही विकास बैंक र केही लघुवित्त संस्थाले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरेका छन् । यीमध्ये मेगा बैंक लिमीटेड हालसम्म विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा थोरै नाफा कमाउने वाणिज्य बैंक बनेको छ । यो बैंकलाई महालक्ष्मी विकास बैंकले नाफामा टक्कर दिएको गज्जबको संयोग देखिएको छ ।
मेगा बैंकले ७९ करोड खूद नाफा कमाएको छ । यो बैंकको भन्दा महालक्ष्मी विकास बैंकले ९ करोड मात्र कम नाफा कमाएको हो । विकास बैंकहरुमध्ये हालसम्म यति धेरै नाफा निकालेको महालक्ष्मी विकास बैंक नै पहिलो बैंक बन्न सफल भएको छ । यसअघि कैलाशले ५० करोड नाफा कमाएको बित्तीय विवरण सार्वजनिक गरेको थियो । 'ख' वर्गको बित्तीय संस्थाले 'क' वर्गको बित्तीय संस्थालाई टक्कर दिने गरी नाफा आर्जन गरेको देखिए पनि सबै नाफा व्यवसाय बिस्तारबाट मात्र भएको भने देखिन्न ।
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा ७० करोड ९१ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकले अघिल्लो वर्ष ३६ करोड २९ लाख नाफा आर्जन गरेको थियो । तर, ५५ करोड कर्जा नोक्सानी कोषबाट फिर्ता ल्याई खुद नाफामा जोड्न बैंक सफल भएको छ । यहीकारण समेत बैंकको नाफा यति धेरै देखिएको हो । तर, अन्य सूचक पनि कमजोर भने छैन ।
साबिकको यति डेभलपमेन्ट बंैक र महालक्ष्मी विकास बैंकबीच मर्ज भई महालक्ष्मी विकास बैंकको रुपमा कारोबार गर्न थालेको यो बैंकको खूद ब्याज आम्दानी पनि उच्च छ । दुवै राम्रा विकास बैंकको व्यवसाय बिस्तार जोडिएर एकैठाउँमा जम्मा हुँदा यस्तो आम्दानी उच्च देखिएको हो । अघिल्लो वर्ष ३७ करोड ९३ लाख रहेको यस्तो आम्दानी वृद्धि भई यो वर्ष १ अर्ब २४ करोडको उचाईमा पुुगेको हो ।
बैंकको संचालन मुनाफातर्फ समेत उस्तै छलाङ मारेको छ । अघिल्लो वर्षसम्म ९ करोड १८ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ५२ करोड ७९ लाखको उचाईमा पुुगेको छ ।
यो अवधिमा बैंकले २५ अर्ब १३ करोड निक्षेप संकलन गरी २० अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष महालक्ष्मी बैंकले १० अर्ब ८५ करोड निक्षेप संकलन गरी ८ अर्ब ७६ करोड कर्जा परिचालन गरेको थियो ।
दुुई ठूला विकास बैंक एक भई बनेको महालक्ष्मीको रिजर्ब कोषको आकार समेत बढेको छ। ऋघिल्लो वर्षसम्म ४ करोड ९० लाखको दयनीय अवस्थामा रहेको यस्तो कोषमा हाल १ अर्ब ७ करोड रुपैयाँ जम्मा भएको छ । हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ६३ करोड रुपैयाँ भन्दा माथि छ।
दुुई बैंक आपसमा मर्ज भए पनि खराब कर्जा भने गत वर्षको भन्दा कम देखिएको छ । गत वर्ष ४.१७ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा घटेर ३.६३ प्रतिशतमा झरेको हो ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४०.७० रुपैयाँ कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago