काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २१ करोड १३ लाख रुपैयाँ बराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा बैंकले ३० करोड ५० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १९ करोड ७६ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष यही अवधिमा २६ करोड २० लाखमा सीमित संचालन मुनाफा वृद्धि गरी ४२ करोड ७० लाखको उचाई चुमाएको बैंकले ६२ करोड ५८ लाखमा सीमित खूद ब्याज आम्दानीमा निकै राम्रो बढोत्तरी गरी ८० करोड माथिको उचाई चुमाएको छ । 

यो अवधिमा महालक्ष्मी बैंकले ३५ अर्ब ७ करोड बढी निक्षेप संकलन गरी २९ अर्ब १८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३० अर्ब ५९ करोड बढी निक्षेप संकलन गरी २६ अर्ब १५ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष १ अर्ब ३१ करोडमा सीमित बैंकको रिजर्बको आकार बढी यो वर्ष १ अर्ब ४० करोडको उचाईमा पुगेको छ भने १३.९० रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १९.८६ रुपैयाँ पुगेको छ । यसको अर्थ इपीएसमा ४२.८७ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा खराब कर्जाको अनुपातलाई घटाउने सफलता पाएको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा ४.४१ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर २.७६ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

यो अवधिमा बैंकको कस्ट अफ फण्ड ८.४४ प्रतिशत, सीडी रेसियो ७४.७९ प्रतिशत, बेस रेट ११.२३ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ५.३३ प्रतिशत कायम भएको छ । 

यो अवधिमा बैंकको प्राइस अर्निङ रेसियो(पीई अनुपात) ९.७७ गुणा, प्रतिसेयर नेटवर्थ १५२.७६रुपैयाँ, लिक्वीडिटी रेसियो ३०.१६ प्रतिशत र रिटर्न अन टोटल एसेट १.४२ प्रतिशत रहेको छ ।