काठमाण्डौ । भारतको प्रमुख कार निर्माता कम्पनी मारुती सुजुकीले बुधबार आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयूभीको विषयमा विशेष घोषणा गरेको छ । 

कम्पनीले गुजरातमा रहेको आफ्नो निर्माण इकाईमा निर्माण गरिने  र यो एसयूभीले एकपटकको चार्जमा ५५० किलोमिटरको रेञ्ज दिने समेत बताइएको छ । 

यसका लागि आफ्नो विद्यमान इकाईमा अर्को नयाँ प्लान्ट थपेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०२४ -२५ मा यो ईभी एसयूभी सार्वजनिक गर्ने भएको छ 

मारुती सुजुकीले कम्पनीको आगामी इलेक्ट्रिक एसयूभी गुजरातमा निर्माण गरिने बताएको छ । यसका साथै त्यहाँबाट ९० किलोमिटर टाढा रहेको हंसलपुरमा रहेको कम्पनीको विद्यमान उत्पादन केन्द्रमा अर्को नयाँ प्लान्ट थपिनेछ । 

सुजुकी मोटर गुजरात प्राइभेट लिमिटेड(एसएमजी), जसले हंसलपुरमा कार निर्माण कारखाना सञ्चालन गर्छ, मारुती सुजुकीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो, यो कम्पनी फेब्रुअरी २०१७ बाट सञ्चालनमा आएको थियो । 

मारुति सुजुकीका कार्यकारी निर्देशक (कर्पोरेट अफेयर्स) राहुल भारतीले कम्पनीको पहिलो विद्यूतीय एसयूभी आगामी आर्थिक वर्षमा लञ्च हुने प्रष्ट पारे । एसएमजीको गुजरात प्लान्टमा बन्ने र यो विशेष एसयूभी हुने उनको दाबी छ । 

३१०० करोड थप लगानी
यहाँको एसएमजी प्लान्टमा उत्पादन हुने आगामी ईभी एसयूभी पनि निकासी गरिने उनले बताए । भारतीले भने कि मार्च २०२२ मा, एसएमजीको माउ कम्पनी सुजुकी मोटर कर्पोरेशनले गुजरात सरकारसँग इभी उत्पादनका लागि हंसलपुर प्लान्टमा ३१०० करोड लगानी गर्ने विषयमा सम्झौता गरिसकेको जानकारी दिए । 

५५० किलोमिटरको रेञ्ज
मारुती सुजुकीले तयार गर्न लागेको ईभी कन्सेप्ट कार सार्वजनिक भइसकेको उनले बताए । एकपटकको चार्जमा यसले ५५० किलोमिटरको रेञ्ज दिने र ६० किलोवाट घण्टा ब्याट्री भएको हाई स्पेसिफिकेशन एसयूभी हुनेछ। 

गुजरात एकाइबाट कति युनिट उत्पादन गर्ने भनेर सोध्दा उनले यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका जी न्यूजले जनाएको छ।

अर्को घोषणामा कम्पनीले एसएमजी प्लान्टले ३० लाख सञ्चित उत्पादनको कोसेढुङ्गा पार गरेको जनाएको छ । ४ डिसेम्बरमा प्लान्टबाट ३० लाखौं कार ल्याइयो । 

मारुती सुजुकीको गुजरात प्लान्टको वार्षिक उत्पादन क्षमता ७.५ लाख युनिट छ, र यहाँ उत्पादित गाडीहरू घरेलू र निर्यात बजारमा बिक्री गरिन्छ। कम्पनीले यो प्लान्टमा बलेनो, स्विफ्ट, डिजायर, फ्रन्टएक्स र टुर एस मोडलहरू उत्पादन गर्दै आएको छ ।