काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि चुक्तापुँजी १३ करोड ६३ लाख ४९ हजार ७४३.२५ रुपैयाँको कुल २६.३१५८ प्रतिशतले हुन आउने ३ करोड ५८ लाख ८१ हजार ५११.३२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ८७ हजार ४३५.७५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १.३१५७ प्रतिशतले हुन आउने १७ लाख ९४ हजार ७५.५७ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।