काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १७ करोड ४ लाख ३७ हजार १७८.७५ रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने २ करोड ५५ लाख ६५ हजार ५७६.८१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुन आउने १३ लाख ४५ हजार ५५६.६७ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।