काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

यो कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । मेरो माइक्रो फाइनान्सले आफ्ना लगानीकर्तालाई पहिलोपटक लाभांश बाँड्ने घोषणा गरेको हो । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । 

मेरोमाइक्रो फाइनान्सले आर्थिक वर्ष ०७२/७३ मा ७ करोड ५४ लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी २२ करोड रुपैयाँ पुग्नेछ ।