काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। 

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको विदुर–४ बट्टारस्थित होटेल वाटर टावरमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी १.०५ प्रतिशत नगद लाभांश रहेका छन्। 

अन्य इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन सभाले अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि यही मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय संस्थाले गरेको छ। यसको अर्थ मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।