काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले नै हुन आउने १२ करोड रुपैयाँबराबरकै नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।