काठमाण्डौ । मेरो माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ९ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको भन्दा २ प्रतिशतको हाराहारीले मात्र बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड २८ लाख नाफा आर्जन गरेको थियो ।
कम्पनीको नाफामा झिनो मात्र प्रगति हुँदा रिजर्ब भने घटेको छ । अघिल्लो वर्ष १६ करोड ९७ लाख रुपैयाँ रहेको कोष घटेर १५ करोड ८५ लाखमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीले ७८ करोड ३७ लाख निक्षेप संकलन गरी तथा २ अर्ब ५३ करोड सापटी लिई ३ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष ४९ करोड ९५ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ७३ करोड सापटी लिई २ अर्ब ४० करोड कर्जा प्रवाह गरेको थियो ।
कम्पनीले व्यवसाय बिस्तारमा खासै ध्यान नदिंदा खूद ब्याज आम्दानीतर्फ सामान्य मात्र प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आम्दानी २० करोड ८३ लाख रहेकोमा यो वर्ष सामान्य बढेर २१ करोड ७४ लाखको उचाईमा पुगेको हो ।
अघिल्लो वर्ष १४ करोड ५८ लाख रहेको संचालन नाफा केही मात्र बढेर १४ करोड ८५ लाख पुगेको छ ।
बढेको पूँजीअनुसार कम्पनीले कमाउन नसक्दा प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ । अघिल्लो वर्ष ४२.१९ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष ३३.१२ रुपैयाँ कायम भएको हो ।
समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १५५.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२५ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago