काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ  सन्तोषजनक प्रगति गरेको छ । यो कम्पनीले अघिल्लो वर्ष १ करोड ९० लाखमा सीमित खूद नाफालाई बढाएर २ करोड ७४ लाखको उचाई चुमाएको हो । 

अघिल्लो वर्ष यही अवधिसम्म २ करोड ९४ लाखमा सीमित संचालन मुनाफालाई समेत बढाएर ४ करोड २५ लाखको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा मेरो माइक्रोफाइनान्सले ८४ करोड ९५ लाख निक्षेप संकलन गरी तथा २ अर्ब ६७ करोड सापटी लिई ३ अर्ब ६४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५५ करोड २९ लाख निक्षेप संकलन गरी तथा २ अर्ब २५ करोड सापटी लिई २ अर्ब ५६ करोड बढी कर्जा परिचालन गरेको थियो । 

खूद नाफा र संचालन मुनाफा बढे पनि मेरो माइक्रोफाइनानसको रिजर्बकोष भने घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कोषमा १५ करोड ८५ लाख रहेकोमा त्यो घटेर १० करोड ४१ लाखमा सीमित हुन पुगेको हो । 

यो कम्पनीमा खराब कर्जाको अनुपात समेत बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १.३१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर १.४८ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा २५.३१ प्रतिशतले वृद्धि भई ३३ रुपैयाँ ३३ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३१.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.४ गुणा कायम भएको छ ।