काठमाण्डौ । एनआइसी एशिया बैंकले बुधबारदेखि मोरङको पथरी शनिश्चरे नगरपालिका १, जनआन्दोलनचौकमा एक समारोहकाबीच नयाँ शाखा संचालनमा ल्याएको छ । 

पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले सो शाखाको औपचारिक उद्घाटन गरेका हुुन् । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । पथरी शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमाझ बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारिएको बताएको छ ।