काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन मंगलबार पनि बजार घटेको छ ।

यो दिन बजार ३० अंकभन्दा बढीले घटेर २ हजार ३० विन्दुमा बन्द भएको छ । गत पुस ५ गतेदेखि लगातार घटेको सेयर बजार दोस्रो कारोबार दिन मंगलबारसम्म आइपुग्दा छ कारोबार दिन घटेको छ । 
 

यो दिन बजारमा वियरिस प्रकृतिको क्यान्डल बनेको छ । फिवनासीमार्फत् नियाल्दा यो दिन बजार पछिल्लो पटकको न्युन विन्दुबाट ०.३८ प्रतिशतले करेक्सन भएको छ ।

इलिअट वेभबाट नियाल्दा यदि यो वेभ ४ को करेक्सनको सम्भाबना अधिक रहन्छ । यस्तो करेक्सन ०.५ प्रतिशतसम्म घट्छ भने पनि त्यो स्वाभकि रुपमा मान्न सकिन्छ । त्यो भनेको २ हजार देखि २ हजार ३० विन्दुसम्म हुन सक्छ ।

त्यसपछि फर्केको बजारले भने करिब २ हजार ३०० विन्दुसम्म यात्रा तय गर्न सक्छ । तर यसको लागि बजार २ हजार विन्दु आसपासबाट नै सम्हालिनु पर्ने  हुन्छ । 
 

अन्य इन्डिकेटरमा भने बजार वियरिस देखिन्छ । म्याक्डीमा करिब वियरिस  क्रसओभर बन्दै गएको छ । तर भइसकेको अवस्था चाहिं होइन । बोलिङगरमा भने बजार मध्य ब्यान्ड नजिक सपोर्ट लिन आउँदै गरेको देखिन्छ ।

आवरली वेसमा भने आरएसआई करिब ओभरसोल्ड जोन ३६ नजिक आएको छ । यस्तो विन्दु करिब ३० नजिक आए पछि बजारले पुनःअप ट्रेन्ड लिन पनि सक्छ । हाल ट्रेडर हावी भएको बजारमा पुस मसान्तको पनि प्रभाव परेको देखिन्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)