काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर उत्तार चढाव रह्यो ।

अन्तिममा बजार २६.३६ अंकले घटेर करिब २ हजार २३ विन्दुमा बन्द भएको छ । यो दिन बजार घट्दा पनि ५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ । यस हिसावले बजार बलियो नै रहेको देखिन्छ ।
 

बजारलाई बोलिङगर ब्यान्डमार्फत् हेर्दा अपर ब्यान्डबाट खसेको बजारले यो दिन मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ । तर डेली बेसमा म्याक्डीमार्फत् हेर्दा भने अघिल्लो साता नै बियरिस क्रसओभर बनेको छ ।

हिस्टोग्राम पनि नेगेटिभ र लामा- लामा भएका  छन् । आरएसआई ओभर बट जोन ८० बाट खसेर हाल ५३ को तहमा पुगेको छ ।मनी फलो इन्डेक्स पनि ४६ को तहमा पुगेको छ ।

समग्रमा चार वटै इन्डिकेटरबाट हेर्दा बजार करिब करिब एउटा सपोर्टको विन्दुमा आएको छ । यस कारण बजारले २ हजार आसपासमा बलियो सपोर्ट लिन सक्छ । 
 

बजारलाई उपसमूहगत रुपमा हेर्दा भने खासै आशा लाग्दो अवस्था भने देखिदैन । उपसमूहमा  बाणिज्य बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स, लघुवित्त, जीवन बीमा तथा निर्जीवन बीमा, होट्ल्स र अन्यमा बिक्री दबाब रहेको छ ।

किनकि डेली बेसमा मूल्य रेखा मध्य ब्यान्डभन्दा तल खसेको छ । तर हाइड्रो पावर र उत्पादन तथा  प्रशोधनमा बुलिस नै छ । हाइड्रोमा पनि यो दिन शुटिङ स्टार बनेको छ ।

त्यसैले बजारको प्रष्ट दिशा हेर्नका लागि भने आगामी दिनको कारोबारलाई नै चनाखो भएर नियाल्नु पर्ने हुन्छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्वेषण कारोबारको लागि भने होइन ।)