– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा स्थापना भएको पूर्वाधार विकास बैंक हो। निफ्राले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो।
स्थापनाको समयमा २० अर्ब चुक्तापुँजी रहेको निफ्रामा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ। निफ्रामा नेपाल सरकारको १० प्रतिशत र ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ। यसमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरुसमेतको लगानी छ।
निफ्राले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ। निफ्राले आफ्नो अगुवाइ तथा सहअगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जालगायत परियोजनाका लागि कर्जा स्वीकृत गर्ने गर्छ।
आधारभूत पक्ष
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निफ्राको चुक्तापुँजी २१ अर्ब ६० करोड रहेको छ भने रिजर्भमा २ अर्ब ११ करोड २० लाख रुपैयाँ रहेको छ। प्रथम त्रैमास निफ्राले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा निफ्राले २४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले अघिल्लो आर्थिक बर्षको तुलनामा निफ्राको नाफामा ५६ प्रतिशतको वृद्धि भएको देखिन्छ।
निफ्राको प्रतिसेयर आम्दानी(ईपीएस) बढेर ७ रुपैयाँ पुगेकोछ। अघिल्लो आर्थिक वर्ष यही अवधिमा ईपीएस ४.८४ रुपैयाँ थियो। निफ्राको बुक भ्यालु १०९ रुपैयाँ र रिटर्न अन इक्विटी ६.३९ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा निफ्रा हाल स्ट्रङ बियरिस सेन्टिमेन्टमा रहेको देखिन्छ। निफ्राको ५२ साताको उच्च मूल्य ४१० रुपैयाँ र न्यून मूल्य १७९ रुपैयाँ रहेको छ। दोस्रो बजारमा अन्तिमा कारोबार मूल्यअनुसार प्रतिकित्ता १८६ रुपैयाँ रहेको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डमा यदि मूल्यरेखाले ट्रेन्ड लाइनलाई माथिबाट काट्छ भने बिक्री दबाबमा रहेको बुझिन्छ। यसविपरीत यदि मूल्यरेखाले तलबाट काट्छ भने बजार तथा निफ्राको मूल्यमा खरिद सिग्नल बनेको बुझिन्छ। निफ्राको मूल्यरेखाले तलबाट काट्न थालेको देखिन्छ। यसले खरिद दबाब परेको देखिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
निफ्रालाई बोलिंगर ब्यान्डकाआधारमा हेर्दा आज निफ्राको मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यसले निफ्रामा खरिद सिग्नल बनेको बुझिन्छ। त्यसैगरी म्याक्डीमा पनि बुलिस क्रसओभर बनेर हिस्टोग्राम पोजेटिभ बनेको छ। (हेर्नुहोस् कालो एरो)
आरएसआई पनि ओभर सोल्ड जोन ३० बाट बढेर ५० को तहमा पुगेको छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट: १९५
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा निफ्राको खुद नाफा तथा ईपीएसमा बढोत्तरी आएको देखिन्छ। रिटर्न अन इक्विटीमा पनि गएको आर्थिक बर्षको तुलनामा यस आर्थिक वर्षमा सुधार आएको छ। यस हिसाबले निफ्रा सुरक्षित देखिन्छ।
प्राविधिक रुपमा पनि निफ्रा फियर एन्ड ग्रिड मिटरका आधारमा स्ट्रङ बियरिस सेन्टिमेन्ट देखिन्छ। यो भनेको खरिद अवसर हो। बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईमार्फत हेर्दा निफ्रामा बुलिस क्रसओभर बनेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19