-अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा चार दिन कारोबार भएको छ।
चार दिनमा बजार तीन दिन घटेको छ भने एक दिन मात्र बढेको छ । अघिल्लो साता २ हजार ६८.९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ४९.२८ विन्दुमा बन्द भएको छ। यस आधारमा यो साता दोस्रो बजारमा १९.६२ अंकले बजार घटेको छ ।
अघिल्लो साता पनि ४०.२ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा १८.१५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो साता भने १६.६५ अर्ब रुपैयाँ बराबरको भएको थियो । यस आधारमा भन्दा यो साता १.५ अर्ब रुपैयाँको कारोबार बढेको छ । यो साता दोस्रो बजारमा नेप्से सूचक घटेको छ भने कारोबार चाहिं बढेको छ ।
यो साताको बजार पूँजीकरण ३१ खर्व ८३ अर्ब रुपैयाँ छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता ३२ खर्ब १३ अर्ब रुपैयाँ थियो । यो साता करिब २० अंकले बजार घट्दा ३० अर्बले बजार पूँजीकरण घटेको छ ।
प्राविधिक पक्ष :
इचिमोकूका आधारमा
इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका हुन् । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो। योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको छ ।
अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ। इचिमोकु क्लाउडअन्तर्गत् अघिल्लो साताको बुलिस बनेको बजार यो साता पनि भ्यालिड नै छ । क्लाउडको पोजिसन पनि रातोबाट हरियो बनेको छ । २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि माथि नै छ ।
मूल्य रेखाहरुले बेस लाईन र कन्भर्जन लाइनभन्दा माथि माथि नै चलेका छन् । यस हिसावले दुई साता लगातार बजार घटेता पनि बजार बलियो नै छ
फिवोनासी रिट्रेसमेन्ट :
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ।
ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ को टेवा २०७५.६७, ०.३८ को टेवा २०२५.२२ तथा ०.५ को टेवा १९९०.८१ र ०.६१ को टेवा १९५० सम्म बजार हुन जान्छ । जुन तस्बिरमा पनि हेर्न सकिन्छ। हाल बजारले ०.३८ को विन्दुबाट सपोर्ट लिएको छ । यस आधारमा बजार २ हजार २५ देखि २ हजार ७० सम्मको विन्दुसम्म चलेको बजारलाई साइडवेज बजारको रुपमा लिन सकिन्छ ।
बोलिङगर व्यान्ड, म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बजारलाई बोलिङगर ब्यान्डमार्फत् नियाल्दा बजारले अघिल्लो साता नै अपर ब्यान्डमा प्रतिरोध सामना गरेर झरेको छ । हालको करेक्सनले यदि निरन्तरता पाएमा भने त्यो मध्य ब्यान्डसम्म पनि आउन सक्छ । साप्ताहिक रुपमा म्याक्डीमार्फत् नियाल्दा अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै छ । तर डेली बेसमा भने वियरि क्रसओभर बनेको छ । यसले के बुझिन्छ भने अल्पकालमा करेक्सन अझै चल्न सक्छ तर दीर्घकालको लागि भने बजार बुलिस नै चलेको छ । साप्ताहिक रुपमा नै आरएसआई भने यस अघिकै ६१ को तहबाट तल खसेको छ । हाल ५५ को तहमा रहेको यस्तो विन्दु ४५ को तहसम्म आउन पनि सक्छ ।
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –२१९३
प्रतिरोध २ –२१६२
प्रतिरोध १– २११५
पिभट प्वइन्ट : २०८५
घटेमा सपोर्ट
सपोर्ट १– २०३८
सपोर्ट २– २००८
प्रतिरोध ३ –१९६१
निष्कर्ष : पछिल्लो पटकको न्युन विन्दु १ हजार ८५० बाट बजार दुई सातामा करिब ३०० अंकले बढ्यो । तर गएका दुई सातामा भने बजार लगभग १०० अंकको करेक्सन आएको छ ।
अर्थात् फिवनासीको ०.३८ प्रतिशत करेक्सन आएको छ । यस्तो करेक्सन अधिकतम ०.५ सम्म पनि हुन सक्छ तर हुनै पर्छ भन्ने चाहिं होइन । यो साता बजार घट्दा कारोबार भने बढेको छ । आगामी दिनमा यदि बजारमा करेक्सनले निरन्तरता पाएमा भने त्यो बोलिङगरको मध्य ब्यान्डसम्म आउन सक्छ ।
जसलाई स्वभाविक रुपमा मान्न पनि सकिन्छ । यस अघि बजार चार पटकसम्म २ हजार २०० नजिक पुगेर पुनः बजार १ हजार ८०० सम्म आएको छ । यस पटक पनि करिब २ हजार २०० नजिक पुगेर करेक्ससन आएको बजार यदि फिवोनासीको ०.५ प्रतिशत अर्थात् २ हजारबाट पनि तल खस्छ भने मात्रै वियरिस मान्न सकिन्छ ।
अन्यथा त्यहाँभन्दा माथि माथि टिक्छ भने बजार बुलिस नै रहन सक्छ । २ हजार आसपासमा बजारले केहि समय टाइम करेक्सन लिएर बजार पुनः माथिको यात्रा लिन सक्छ । यस विपरित यदि बजार फिवनासीको ०.६१ प्रतिशत अर्थात् १ हजार ९६० बाट पनि तल खस्छ भने बजार केहि समय साइडवेजमा चल्न सक्छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबार को सिफारिस भने होइन ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19