काठमाण्डौ । रुस र युक्रेनबीच झन्डै ३ महिनादेखि युद्ध चलिरहेको छ। अहिले रुसमाथि युक्रेनको खाद्यबाली चोरेर अन्य देशलाई बेचिरहेको आरोप लागेको छ।
कब्जा गरिएको दक्षिणी युक्रेनमा रुसी नियुक्त अधिकारीहरुले पनि रुसले युक्रेनबाट खाद्यबाली अन्य देश पठाएको बताएका छन्। यसअघि युक्रेनी अधिकारीहरुले रुसले युक्रेनबाट ६ लाख टन खाद्यबाली चोरेर निर्यात गरेको आरोप लगाएका थिए।
रुसले भने आफूमाथि लागेको आरोपलाई अस्वीकार गरेको छ।
विश्वस्तरमा युक्रेनको खाद्यबालीको आवश्यकता बढेको छ। त्यहाँबाट अफ्रिका र मध्यपूर्वमा लाखौं टन खाद्यबाली निर्यात हुने गरेको छ। तर, रुसी नौसेनाले युक्रेनको ब्ल्याक सी बन्दरगाहमा रोक लगाएकाले अहिले अन्य देशमा खाद्यबाली पठाउन रोकिएको छ।
युक्रेनले ब्ल्याक सीको तटबाट पानी हटाएर खाद्यबाली निर्यात गर्न करिडोर सञ्चालन गर्नुपर्ने रुसको भनाइ छ।
न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार रुसले युक्रेनबाट चोरेको गहुँ अफ्रिकाका खडेरी प्रभावित देशहरुलाई बेचिरहेको अमेरिकाको आरोप छ। मध्य मेमा अमेरिकाले १४ देशलाई अलर्ट पत्र पठाउँदै भनेको थियो, ‘प्रायः अफ्रिकामा रुसी कार्गो जहाजहरु युक्रेननजिकैको बन्दरगाहबाट खाद्यबाली लिएर जाँदैछन्।’
के भन्यो रुसले ?
युक्रेनको जापोरिजिया क्षेत्रका रुसी इन्चार्ज येभगेनी बालित्सकीले खाद्यबाली बोकेको रेल क्रिमियाका लागि प्रस्थान गरेको र त्यहाँबाट मध्यपूर्व जाने बताए। रुसको सरकारी टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘मुख्यतया टर्कीसँग सम्झौता भइरहेको छ।’
क्राइमियामा रुसी ओक्युपाइड अथोरिटीका प्रवक्ता ओलेग क्रिचकोभले जापोरिजियाको मेलिटोपोल सहरबाट ११ वटा खाद्यबाली बोकेका गाडी क्रिमिया पुगेको बताए। रुसी समाचार एजेन्सी आरआइएसँग कुरा गर्दै उनले भने, ‘कब्जा गरिएको खरसान क्षेत्रबाट खाद्यबाली पठाइएको हो।’
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार टर्कीका विदेशमन्त्री मेभलुत चौसोलसँग खाद्यबालीको समस्याका बारे कुरा गरे तर कुनै समाधान ननिस्केको बताइएको छ।
लाभरोभले रुसले युक्रेनको गहुँ निकासीमा अवरोध गरिरहेको कुरा अस्वीकार गरे। ‘ यसका लागि युक्रेन आफैँ जिम्मेवार छ किनकि उसले ओडेसा र अन्य बन्दरगाहबाट पानी निकाल्न आवश्यक छ’, उनले भने।
युक्रेनका विदेशमन्त्रीले युक्रेनले बन्दरगाहबाट पानी फिर्ता लिन नसक्ने बताए। ‘किनकि रुसले दक्षिणी युक्रेनमा आक्रमण गर्न उक्त मार्ग प्रयोग गर्न सक्छ’, उनले भने।
रुसले पनि खाद्य संकटका लागि पश्चिमी प्रतिबन्धहरुलाई दोष लगाइरहेको छ। पश्चिमी देशहरु भने रुसले खाद्य आपूर्तिलाई हतियारका रुपमा प्रयोग गरिरहेको आरोप लगाउँछन्।
के भन्यो युक्रेनले ?
टर्कीका लागि युक्रेनका राजदूत भासिल बोडनारले गत हप्ता भनेका थिए कि रुसले क्रिमियाबाट चोरीको गहुँ अन्य देशमा पठाइरहेको छ। ‘त्यसमध्ये एउटा टर्की पनि हो’, रोयटर्ससँगको कुराकानीमा उनले भने, ‘हामीले टर्कीलाई मद्दतका लागि अपिल गरेका छौँ र हामीले खाद्यबाली चोरेकोमा फौजदारी मुद्दा दर्ता गर्दैछौँ।’
युक्रेनको खाद्यबाली संघका प्रमुख मेकोला गोर्भाचेभले युक्रेनको बन्दरगाहबाट निर्यात पुनः सुरु नभएमा जुलाईको अन्त्यमा कटनी गरिएको बालीमा नराम्ररी असर पर्ने चेतावनी दिए। उनले युक्रेनको खाद्यबाली निर्यात अघिल्लो वर्ष ४४.७ मिलियन टनको तुलनामा आगामी वर्ष अधिकतम २ करोड टन पुग्ने बताए।
किन खाद्यबाली अन्तर्राष्ट्रिय मुद्दा बन्यो ?
युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न, खाना पकाउने तेल, इन्धन र मलको मूल्य बढेको छ। यसको कारण रुसमाथि पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिबन्ध पनि हो।
यससँगै रुस र युक्रेनले विश्वव्यापी रुपमा अन्नको एक तिहाइ आपूर्ति गर्दछन्। युक्रेनसँग यसको १० प्रतिशत छ।
सन् २०१९ मा १६ प्रतिशत मकै र ४२ प्रतिशत सूर्यमुखी तेल युक्रेनबाट आपूर्ति भएको थियो। युक्रेनबाट निकासी र कतिपय मुलुकबाट खाद्यान्न संकलन रोकिँदा खाद्यान्न अभाव भएका देशहरुले चर्को खाद्यान्न अभाव झेलिरहेका छन्। –बीबीसीबाट भावानुवादित
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19