काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गर्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २९ औँ वार्षिक साधारणसभा आज (पुस २७ गते) सम्मपन्न भएको छ। 

काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको वार्षिक साधारणसभाले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ५.०२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी बढ्ने हुनाले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। 

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ। आर्थिक वर्ष २०७९–८० का लागि बाह्य लेखापरीक्षक एमजीएस एन्ड एसोसिएट्स चार्टर्ड अकाउन्टेन्टसलाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।