-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ ।

उक्त अवधिमा ४ दिनमा बजार २ दिन घट्यो भने २ दिन बढेको देखिन्छ । अघिल्लो साता १ हजार ८७४.६ मा बन्द भएको बजार यो साता १ हजार ९०३.८४ मा बन्द भएको छ ।

यस हिसावले यो साता दोस्रो बजारमा २९.२४  अंकले सेयर बजारमा बढोत्तरी आएको छ । यो साता दोस्रो बजारमा ४ अर्व १६ करोड रुपैयाँको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो साता ७ अर्व ४ करोड रुपैयाँको थियो ।

यो साता दोस्रो बजारमा नेप्से परिसूचक बढ्यो भने अघिल्लो साताको तुलनामा कारोबार चाहिँ घटेको छ । लगातार तीन सातादेखि घटेको शेयर बजार यो साता भने बढेको छ । यो साता बजार डीमान्ड जोन १ हजार ८५० मा आएर फर्केको छ ।  
प्राविधिक पक्ष :
लगातार तीन साता घटेको बजार यो साता डिमान्ड जोनमा आएर फर्केको छ । यो साता १ हजार ९०० भन्दा माथि नै बजार बन्द हुनुलाई सकारात्मक
रुपमा लिन सकिन्छ । तर यो साता भोलुममा भने खासै  सुधार भएको छैन । प्राविधिक रुपमा बजारलाई डाउ थेउरीमार्फत् हेर्दा लोवर लो र लोवर हाइ बनाउँदै खसेको देखिन्छ ।

पछिल्लो पटक १ हजार ८५० आसपासबाट फर्केको बजारले एक पटक आएर लो निश्चित नगरेसम्म बजारको अवस्था अहिले नै निश्चित भने भइसकेको मान्न सकिदैन ।

यो साता १ हजार ९०० माथि बन्द  भएको बजार यदि आगामी कारोबारमा २ हजारभन्दा माथि  टिकेर कारोबार भयो भने बजारले गति लिँदै गएको मान्न सकिन्छ । अन्यथा हालको बजार साइडवेजमा नै चलेको छ भन्न सकिन्छ । 

बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई :
साप्ताहिक रुपमा बजारलाई बोलिङगर ब्यान्डबाट हेर्दा यो साता बजारले तल्लो ब्यान्डमा सपोर्ट लिएको छ । यसअघि पनि लोवर ब्यान्डमा सपोर्ट लिएपछि बजार माथि फर्केको थियो । म्याक्डीमार्फत् हेर्दा गत भदौ १० गते बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् ।

आरएसआईमार्फत् हेर्दा यो साता ४२ को तहमा बन्द भएको छ । साप्ताहिक रुपमा यस्तो विन्दु बजार घट्दा पनि ४० भन्दा माथि माथि टिकेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा यो साता बजार घट्न रोकिएको जस्तो देखिन्छ । 

पिभट् प्वाइन्ट :
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ । 
बढेमा प्रतिरोध 

प्रतिरोध ३– २१६३
प्रतिरोध २– २१०२
प्रतिरोध १– २०१३
पिभट प्वइन्ट : १९९१

घटेमा सपोर्ट 
सपोर्ट १– १९४२
सपोर्ट २– १८८०
सपोर्ट ३– १८३१


निष्कर्ष :

अघिल्लो साता ८२.४२ अंकले घटेको बजार यो साता २९.४ अंकले बढको छ । यस हिसावले लगातार तीन साता घटेको बजार  यो साता सम्हालिएको छ । यो साता बजार बढ्दा कारोबार र भोलुम भने घटेको देखिन्छ ।

यो साता बजार डीमान्ड जोन १८५० मा सपोर्ट लिएर १ हजार ९०० भन्दा माथि बन्द भएको छ । यदि आगामी कारोबारमा बजार अघिल्लो साताको उच्च विन्दु १ हजार ९६६ भन्दा माथि टिकेर बन्द भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ ।

अन्यथा बजार साइडवेजमा नै चल्न सक्छ । मुभिङ एभरेजबाट नियाल्दा यो साता ५ दिने मुभिङ एभरेजभन्दा माथि बजारले सपोर्ट लिएको छ । यदि आगामी कारोबारमा पनि २०  दिन मुभिङ  एभरेज अर्थात् १ हजार ९४५ भन्दा माथि टिकेमा बजारमा अल्पकालिन बाउन्स आउने सक्ने छ । 
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।