काठमाण्डौ । पहिलोपटक लाभांश वितरण गर्न लागेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा माघ २४ गते शुक्रबार राष्ट्रिय वाणिज्य बैंको दरबारमार्गस्थित बैंकको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतका दरले हुन आउने रु १ अर्ब ८ करोड ५ लाख ७५ हजार ४८४ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन हुनेछ ।
बैंकमा अधिकांश सेयर सरकारको रहेकोले लाभांशबापत सरकारी ढुकुटीमा १ अर्ब ८ करोड रुपैयाँ जानेछ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकमा एनआईडीसी विकास बैंक गाभिँदा न्यून ०.०३ प्रतिशत सेयर होल्ड गरेर बसेका सर्वसाधारणले भने करिब ३० लाख रुपैयाँजति लाभांश पाउनेछन् ।
सभामा विशेष प्रस्तावका रुपमा राखिने बैंकको प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी प्रस्ताव पनि पारित हुनेछ ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
कुनै बेला खराब स्थितिमा रहेको यो बैंकलाई सुधार सरकारले विश्व बैंकको सहयोग लिएको थियो । त्यसपछि यो बैंको वित्तीय अवस्थामा सुध्रिएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago