काठमाण्डौ । थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा आज जेठ ३१ गते आयोजना गर्दैछ।
कम्पनीले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। सभा काठमाण्डौको अमृतभोग क्याटर्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१को गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३को लेखापरीक्षकको प्रतिवेदनसहितको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ।
सभाले महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८–६९ देखि २०७२–७३सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्नेछ।
सञ्चालकहरुको आर्थिक वर्ष २०७२–७३सम्मको भत्ता एवं सुविधा अनुमोदन र सोलाई निरन्तरता दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ। सभाले सर्वसाधारण सेयरधनीहरुबाट एकजना सञ्चालन चयनका लागि निर्वाचन गर्नेछ।
सभा प्रयोजनाका लागि कम्पनीले जेठ १६ गतेदेखि आज जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १४ गते (जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19