काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको उच्च व्यवस्थापन टिम र कर्मचारी संघबीच १० बुँदे सहमति भएको छ।
कम्पनी व्यवस्थापन र ट्रेड युनियनका प्रतिनिधिबीच साउन २६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कर्मचारी विनियमावली, २०७४ पूर्ण लागू नगरेको भन्दै राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघ गत साउन १ गतेदेखि आन्दोलनमा उत्रिएका थिए। साउन २६ गते दुवै पक्षबीच सहमति भएसँगै संघले सोही मितिदेखि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ।
सम्झौतापत्रमा कम्पनीको व्यवस्थापनतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बराल, डीसीईओ सुवास कोइराला, मुख्य व्यवस्थापक रजनी पौडेल र कम्पनी सचिव सिर्जना पन्त र कर्मचारी ट्रेड युनियनका तर्फबाट अध्यक्ष डम्बरदेव अधिकारी, उपाध्यक्ष रवीन्द्र थापा र सचिव अर्जुन पौडेल र नेपाल वित्तीय संस्था कर्मचारी संघका तर्फबाट अध्यक्ष दीपकराज पाण्डे, वरिष्ठ अध्यक्ष सबिन पौडेल र महासचिव अभिमन्यु खनाललले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
यस्ता छन् व्यवस्थापन टिम र ट्रेड युुनियनका प्रतिनिधिबीच भएको १० बुँदे सहमति
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19