काठमाण्डौ । 'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि-२०७५' अनुसार पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आज(सोमबार)देखि सहुलियत कर्जा उपलब्धताको थालनी गर्ने भएको छ ।
बैंकले सोमबार दिउँसो २ः३० बजे एक पत्रकार सम्मेलनमार्फत २ सेवाग्राहीलाई सहुलियत कर्जा वितरणको शुभारम्भ गर्न लागेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले कलंकी शाखाबाट स्वीकृत शिक्षित युवा स्वरोजगार कर्जा र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा गरी २ जनालाई कर्जा हस्तान्तरण गर्नेछ ।
रजनी हायूले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पाउनेछिन् । ५ लाख रुपैयाँ उनी पढिरहेको कलेजलाई दिइनेछ र आज उनलाई सो कर्जाको सुविधापत्र हस्तान्तरण गरिनेछ ।
शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत वीपी तन्दुरी क्यान्टिेनका प्रोप्राइटेर भीमप्रसाद अधिकारीले रु. ७ लाख पाउनेछन् ।
उनीहरु दुवैलाई सहुलियतपूर्ण ऋण संचारसचिव महेन्द्र गुरुङले हस्तान्तरण गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि भदौ २१ गतेको क्याबिनेटबाट स्वीकृत भएको थियो । यसपछि यो कार्यविधि अन्तर्गत रहेर कुनै पनि बैंक तथा बित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा दिने कामको थालनी गरेका थिएनन् । यो ऐतिहासिक कामको थालनी राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि गर्न लागेको सो बैंकका सूचना अधिकारी टेकराज जोशीले जानकारी दिए ।
सरकारले राष्ट्रबैंकमार्फत यस्तो कर्जाको कार्यविधि बनाएर प्रत्येक बैंकलाई पठाइसकेकोले त्यसमा तोकिए अनुसारकै न्यून ब्याजमा लक्षित वर्गले ऋण पाउनेछन् ।
यो कार्यविधि अन्तर्गत शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्पपीडितहरुको निजी आवास निर्माण, एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जाहरुमा सरकारले ब्याज अनुदान दिनेछ ।
महिला उद्यमीहरुले पाउने कर्जामा सरकारले ६ प्रतिशत र अन्य कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था भएकोले राष्टिय वाणिज्य बैंकमा सहुलियतपूर्ण कर्जा लिने महिलाहरुले २.३३ प्रतिशत र अन्यले ३.३३ प्रतिशतमै ऋण पाउने भएका हुन् ।
बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ । यसको अर्थ राष्ट्रिय वाणिज्य बैंकको अहिले आधार दर ६.३३ प्रतिशत रहेको र यसमा २ प्रतिशत विन्दू जोड्दा ब्याज ८.३३ प्रतिशत कायम हुन्छ । महिला उद्यमीहरुले लिने ब्याजमा ६ प्रतिशत अनुदान दिइएका कारण उनीहरुले २.३३ प्रतिशतमै र अन्यमा ५ प्रतिशत अनुदान भएकोले ३.३३ प्रतिशत ब्याजमै ऋण पाउने जोशी बताउँछन् ।
ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको हुनेछ । तर, व्यवसायको प्रकृति अनुसार कर्जाको अवधि बैंक तथा बित्तीय संस्थाले तोक्न पाउने छुट समेत छ ।
यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाको सीमा प्रति ऋणि ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।
कुन क्षेत्रमा कति ऋण पाइन्छ ?
कुन कर्जामा के धितो राख्ने ?
महिला उद्यमशीलता विकासका लागि प्रदान गरिने कर्जा, सामूहिक जमानीमा प्रदान गरिने १० लाख रुपैयाँसम्मको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा र दलित समुदायलाई प्रदान गरिने कर्जाको सुरक्षण देहाय बमोजिम हुनेछ:
कर्जाका लागि योग्यता र शर्त
यो कार्यविधि अनुसार ऋण लिन स्थायी लेखा नम्बर लिएको र कर्जा सूचना केन्द्रको कालोसूचिमा नपरेको नेपाली नागरिक हुनुपर्नेछ ।
व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जाका शर्त
शिक्षित युवा स्वरोजगार कर्जाका शर्त
वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाका शर्त
महिला उद्यमशीलता कर्जाका शर्त
दलित समुदाय व्यवसाय विकास कर्जाका शर्त
उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका शर्त
भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका शर्त
सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिको पूर्ण विवरण यसप्रकार छ, बाँकी जानकारी यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago