काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश घटाएको छ।
कम्पनीको गत पुस ५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले नियमनकारी कोषमा समायोजन गरी वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो।
राष्ट्र बैंकको निर्देशनबमोजिम नियमनकारी कोषमा समायोजनपश्चात कम्पनी सञ्चालक समितिको सोमबार (पुस ११ गते) बसेको बैठकले चुक्तापुँजी ६.५ प्रतिशत बोनस सेयर र कर प्रयाजनार्थ ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago