काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ। 

राष्ट्र बैंकले गत शुक्रबार (फागुन १९ गते) पत्राचार गर्दै जीवन विकास लघुवित्तलाई यसअघि प्रस्तावित लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो। 

यसअघि गत फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको २८ प्रतिशतले हुन आउने बोसन सेयर र ९.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। 

राष्ट्र बैंकले बोनस सेयर र नगद लाभांश दुवै घटाउँदै संस्थाले पत्राचार गरेको थियो।

राष्ट्र बैंककै निर्देशनअनुसार अब जीवन विकास लघुवित्तले चुक्तापुँजीको २६ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रभावित लाभांश अब आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।