काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको छ।
राष्ट्र बैंकले हिजो बिहीबार डिप्रोक्स लघुवित्तलाई पत्र पठाउँदै लाभांश स्वीकृति भएको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउन अनुमति दिएको हो।
डिप्रोक्स लघुवित्तको गत माघ २८ गते बसेको सञ्चालक समितिका बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २० करोड १० लाख ८६ हजार ७१४.९० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १५ करोड ८ लाख १५ हजार ३६.१८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५ करोड २ लाख ७१ हजार ६७८.७२ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थसमेत) रहेका छन्।
राष्ट्र बैंकको स्वीकृतिसँगै अब आगामी वार्षिक साधारणभासबाट लाभांश अनुमोदन गर्दै कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19