काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।
निफ्रा सञ्चालक समितिको गत असोज ४ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहीअनुसार निफ्राले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो।
राष्ट्र बैंकबाट गत असोज ७ गते ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृति गर्ने सम्बन्धी कार्यविधि २०७७’ मा प्रथम संशोधन भएको सूचना जारी भएको थियो। बैंकले प्रस्ताव गरेको लाभांशका सम्बन्धमा उक्त कार्यविधिको प्रथम संशोधनसमेतको अनुकूल हुने गरी प्रस्ताव पेस गर्न राष्ट्र बैंकले निर्देशन निफ्रालाई निर्देशन दिएको थियो।
राष्ट्र बैंककै निर्देशनअनुसार निफ्रा सञ्चालक समितिको हिजो असोज २४ गते बसेको बैठकले लाभांशमा संशोधन गरेको हो। जसअनुसार निफ्राले चुक्तापुँजी २० अर्बको ८ प्रतिशतले हुन आउने १ अर्ब ६० करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र त्यहाँबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने निफ्राले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago