काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रियल स्टेट कर्जामा समेत लचकता अपनाएको छ । 

एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले रियल स्टेट कर्जामा लचकता देखाएको हो । 

केन्द्रीय बैंकले रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालूबीचको अनुपात(लोन टू भ्यालू रेसियो) बढीमा ५० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरेको हो । 

यसअघि लोन टू भ्यालू रेसियो ४० प्रतिशतमा सीमित थियो । 

यस्तै, नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशत कायम गरिएको छ ।