काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चु्क्तापुँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने १४ करोड ४५ लाख ७७ हजार ५२६.६८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख ४८ हजार ६५०.३५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार ८७६.३३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।