काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभा (एजीएम)ले आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिको छैटौँ वार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको हो।
सभामा सेयरधनीले उठाएका जिज्ञासाहरुको अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जबाफ दिएका थिए।
सभामा कम्पनीलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालालाई कम्पनीले धन्यवाद व्यक्त गरेको थियो।
.....................
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19