काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्सका लगानीकर्ताको दुवै हातमा लड्डू पर्ने भएको छ । 

यो माइक्रो फाइनान्सले आफ्ना लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश र ५० प्रतिशत हकप्रद दिने एकसाथ घोषणा गरेको हो । 

कम्पनीको असोज ९ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत नगद लाभांशको घोषणा गरेको बताइएको छ । 

सोही बैठकले पूँजी वृद्धिको योजना अनुसार ५० प्रतिशत हकप्रद निश्कासनको समेत निर्णय गरेको छ ।