काठमाण्डौ । रिलायवल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्नो सेयरधनीलाई २९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको बुधबार बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरणको घोषणा भएको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । 

रिलायवल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६८ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । २९ प्रतिशत बोनस सेयर वितरण र व्यवस्थापनपछि चुक्तापूँजी १ अर्ब १ करोड रुपैयाँ पुुग्नेछ । 

गत असोज १४ गते ग्लोबल आइएमई बैंकले यो डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने सम्झौता गरिसकेको छ ।