काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्सले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

आइतबार बसेको यो माइक्रोफाइनान्सको संचालक समितिको ६४ औं बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ नगद लाभांश समेत दिने निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

रिलायवल माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १ करोड १२ लाख खूद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष यो कम्पनीको नाफा १ करोड ८८ लाख रुपैयाँ थियो ।